साझा धारणा बनाउन माधव नेपाल समूहको बैठक बस्दै

admin

काठमाडौँ, २४ जेठ : साझा धारणा बनाउन एमालेको माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ। आज ११ भर्चुअल माध्यमबाट बैठक बस्ने नेता बेदुराम भुसालले  जानकारी दिए। “छलफल त धेरै गर्नुपर्ने आवश्यकता छैन।

तर, एउटा साझा धारणा बनाउन बैठक बस्दैछौं”, उनले भने। एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ २ मा फकिर्ने ६ बुँदे प्रस्ताव गरेपछि माधव समूहका नेताहरु विभाजित भएका छन्।

प्रतिक्रिया