आज झण्डै सात हजार जना कोरोनामुक्त, थप ९२ जनाको ज्यान गयो

admin

काठमाडौं, २४ जेठ : सोमबार नेपालमा चार हजार चार सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार दुई जनाको आरटी/पीसीआर र पाँच हजार नौ सय एक जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा चार हजार चार सय ७२ जनामा संक्रमण पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अब नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ लाख ६ हजार एक सय ५५ पुगेको छ । बितेको २४ घण्टामा ६ हजार नौ सय ५१ जना संक्रमणमुक्त भएसँगै अहिलेसम्म निको हुनेको संख्या चार लाख ९७ हजार नौ सय ६० पुगेको मन्त्रालयले जनाएको छ ।

अहिले कोरोना संक्रमण निको हुने दर ८४ दशमलव २ प्रतिशत पुगेको छ । यस्तै बितेको २४ घण्टामा प्राप्त विवरणअनुसार थप ९२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या सात हजार नौ सय ९० पुगेको छ ।

प्रतिक्रिया