आज सुनचाँदीकै मूल्य बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, २५ जेठ : सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन सोमबार तोलाको ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य समेत प्रतितोला ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको छ । त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँ बढेको छ । सोमबार तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलाको १३ सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया