मलेसियामा ३५ नेपालीको शव अड्कियो

admin

काठमाडौं, २५ जेठ : अन्तर्राष्ट्रिय उडान बन्द हुँदा मलेसियामा ३५ नेपालीको शव अड्किएको छ । सरकारले कोरोना संक्रमण रोकथामका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको एक महिनाको अवधिमा मलेसियामा मात्रै लगभग ३५ नेपालीको शव रोकिएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार घर करार, भिसा सकाएर नेपाल फर्कन खोज्ने नेपालीको संख्या पनि बढ्दै गएको छ । नेपालले उडान बन्द गरेपछि करार सकिएर घर फर्कन खोज्नेहरू मात्रै लगभग एक हजार जना रहेको राजदूत पाण्डेले बताए । मलेसियामा विभिन्न कारणले जेल परेका र जेलको समयावधि सकेर ६५ जना नेपाली घर फर्कने दिन कुरिरहेका छन् ।

‘दिनहुँ घर फर्कन पर्नेहरूको संख्या बढ्दो छ, हामीले कम्तीमा हप्तामा एउटा भए पनि उडान खोलिदिनुहोस् भनेको हो, उडान नखोली समस्याको समाधान हुँदैन,’ राजदूत पाण्डेले भने । मलेसियामा गएको वर्षजस्तो रोजगारी गुमेर अलपत्र पर्ने अवस्था छैन अहिले छैन ।

करार सकिएर घर फर्कने तयारीमा रहेकाहरूलाई कम्पनीले नै खान र बस्ने व्यवस्था गरिरहेको छ । मलेसियामा पनि पछिल्लो समय कोरोना संक्रमण बढ्दो छ । नेपाली श्रमिक पनि संक्रमित भइरहेका छन् । तर कोरोना संक्रमित सबै नेपालीलाई मलेसिया सरकारले आफ्ना नागरिक सहर उपचार गरिरहेको राजदूत पाण्डेले बताए ।

प्रतिक्रिया