आज छ हजार ५७० जना कोरोनामुक्त, थप १०८ जनाको ज्यान गयो

admin

काठमाडौं, २५ जेठ : मंगलबार पाँच हजार १५३ जना कोरोना संक्रमित थपिएका छन् । कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा पीसीआर विधिबाट कूल संक्रमितको संख्या ५ लाख ९५ हजार ३६४ जना पुगेको छ भने एन्टिजेन विधिबाट हालसम्म १५ हजार ९४४ जनामा संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितभन्दा निको हुने दर बढेसँगै सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ पुगेको छ ।

हाल सक्रिय संक्रमितमध्ये ७६ हजार ५५० जना होम आइसोलेसनमा, ६ हजार १८६ जना संस्थागत आइसोलेशनमा, १ हजार ३२१ जना आईसीयूमा र ३७२ जना भेन्टिलेटरमा रहेका छन् । यही अवधिमा थप ६ हजार ५७० जना निको भएका छन् ।

हालसम्म ५ लाख ४ हजार ५३० जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर बढेर ८४।७ प्रतिशत पुगेको छ । कोरोना संक्रमणबाट थप १०८ जनाको ज्यान गएको छ । संक्रमणबाट ८ हजार ९८ जनको ज्यान गइसकेको छ । नेपालमा ज्यान गुमाउनेको दर १.६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया