भेरी नदीमा डुबेर बहिनीकाे ज्यान गयाे, दिदी बेपत्ता

admin

रुकुम पश्चिम, २५ जेठ :  रुकुम पश्चिमकी एक बालिकाको भेरी नदीमा डुबेर ज्यान गएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १२ का अम्मर डाँगीकी ११ वर्षीया छोरी गीता डाँगीको नदीमा डुबेर ज्यान गएको हो ।

जाजरकोटको भेरी नगरपालिका १ रावत गाउँमा आफन्त भेट्न गएकी गीताकी दिदी दीपा नदीमा बगेर बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ । रामबहादुर डाँगी घाइते हुनुभएकाे छ ।

रामबहादुरलाई नदीले बगाउँदै गर्दा स्थानीयवासीले उद्धार गरेका हुन् । आफन्त भेट्न गएका उनीहरू गर्मी छल्न नदीमा पौडी खेल्दा बगाएको हो ।

प्रतिक्रिया