पशुपति क्षेत्रका साधुमाथि आक्रमण गर्ने दुई युवा पक्राउ

admin

काठमाडौं, २५ जेठ : प्रहरीले पशुपति क्षेत्रका साधुमाथि आक्रमण गर्ने दुई जना युवालाई पक्राउ गरेको छ । पशुपति क्षेत्र बिकास कोषले साधु माथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले महानगरिय प्रहरी वृत्त गौशलालाई कारबाहीको पत्र पठाएपछि आक्रमणमा संलग्न महान नेपाल र विजय घिमिरेलाई प्रहरीले पक्राउ गरेको  प्रहरीले जनाएको छ ।

आफुलाई स्वघोषित सामाजिक अभियान्ताहरू विजय घिमिरे र माहान नेपालले साधु सन्तमाथि कुटपिट गरेको कोषले ठहर गरेको छ । उनीहरूलाई तत्काल कारबाही गर्न विश्व हिन्दु युवा संघ अन्तरराष्ट्रिय, शिव सेना नेपाल, सनातन धर्म महासंघ, हिन्दु जागरण नेपालले पशुपति क्षेत्र विकास कोषलाई दबाब दिएका थिए ।


निर्देशक खतिवडाले कोरोना अवधिभर पशुपति क्षेत्रमा कुनै पनि संघ संस्थाले खाना नखुवाउन समेत निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया