देशभर मौसम बदली, यी प्रदेशमा पर्नेछ पानी

admin

काठमाडौं, २६ जेठ : आज देशभर मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाल जनाएको छ। यस्तै, केही प्रदेशहरुमा वर्षाको सम्भावना रहेको छ। पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाले मौसम बदली रहने महाशाखाले बताएको छ।

बुधबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया