काठमाडौँ, २७ जेठ: नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
मन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ। काठमाडौं सहित देशका विभिन्न १४ ठाउँमा तामाङको जग्गा रहेको छ।
मन्त्रीले उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा रहेको जग्गाको रहेको विवरण छ। तामाङको नाममा भने काठमाडौँ र सिन्धुपाल्चोकमा जग्गा रहेको छ।
काठमाडौँको गोकर्णेश्वरमा घरसहितको जग्गा छ। सम्पत्ति विवरण अनुसार उनीसँग २२ तोला सुन रहेको छ।