एजेन्सी : भारतमा केही दिनदेखि जारी भारी वर्षाका कारण मुम्बईमा एक भवन भत्कँदा ११ जनाको मृ त्यु भएको छ । मुम्बईको मलाड क्षेत्रमा रहेको भवन क्ष ति ग्रस्त हुँदा ७ जना घा इते भएका छन् ।
भत्केको भवनको भग्नावशेषबाट १५ महिलालाई उद्धार गरिएको छ र अरु पनि पुरिएको हुनसक्ने आशंकामा उद्धार कार्य जारी राखिएको छ ।
पुरानो र जीर्ण रहेको भवनमा अधिकांश मजदुरहरु रहने गरेको भारतीय सञ्चामध्यमहरुले जनाएका छन् ।
यसैबीच मुम्बई सरकारले भत्केको भवनको नजिकमा रहेका अन्य भवनका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरेको छ । भारतमा केही दिनदेखि जारी भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।