आज तीन सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २७ जेठ : बिहीबार सुनको मूल्य घटेको छ । तोलाको तीन सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार ९३ हजार नौ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन बुधबार तोलाको ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार बिहीबारतेजाबी सुन पनि तोलामा ३०० रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदी तोलाको पाँच रुपैयाँ बढेको छ । बुधबार तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १३ सय ५५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया