आज पाँच हजार जनाभन्दा धेरै कोरोनामुक्त, थप ५९ जनाको ज्यान गयो

admin

काठमाडौं, २७ जेठ : बिहीबार देशभर तीन हजार सात सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नौ हजार नौ सय एक जनाको पीसीआर परीक्षण गर्दा दुई हजार आठ सय ७४ जना र पाँच हजार तीन सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा पीसीआर विधिबाट ६ लाख एक हजार ६ सय ८७ जना र एन्टिजेन विधिबाट १७ हजार सात सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बितेको २४ घण्टामा पाँच हजार दुई सय ९३ जना निको भएसँगै निको हुनेको संख्या पाँच लाख १५ हजार पाँच सय ९१ पुगेको छ ।

यस्तै थप ५९ जनासहित कोरोना संक्रमणबाट नेपालमा अहिलेसम्म आठ हजार दुई सय ३८ जनाले ज्यान गुमाएका छन् । नेपालमा अहिले ७७ हजार आठ सय ५८ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया