औधोगिक क्षेत्रलाई गतिशिल बनाउछु : मन्त्री यादव

admin

काठमाडौँ, २७ जेठ: नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले कोरोनाका कारण असर परेको औधोगिक क्षेत्रलाई गतिशिल बनाउन ध्यान केन्द्रीत गर्ने बताउनुभएको छ ।

बिहीबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री यादवले कोरोनाबाट आम जनताका साथै मुलुकको आर्थिक क्षेत्रमा पनि निकै ठूलो असर परेको भन्दै यस क्षेत्रलाई गतिशिल बनाउन ध्यान केन्द्रीत गर्ने बताउनुभएको हो ।

आफुलाई प्रधानमन्त्रीले दिएको जिम्मेवारीलाई सफलताका साथ पूरा गर्ने उहाको भनाई छ । उहाले औधोगिक क्षेत्र समस्याग्रस्त अवस्थामा रहेको र त्यस्ता क्षेत्रलाई राज्यसंग जोडेर अघि बढ्ने बताउनुभयो । उहाले आफुले मन्त्रालयका सवै कर्मचारीको साथ र सहयोगमा नै अघि बढ्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया