कांग्रेस काभ्रेले भन्यो ‘नेता गणेश लामालाई तत्काल रिहाई नगरिए आन्दोलन थाल्छौँ’

admin

काभ्रे : नेपाली कांग्रेस काभ्रेले पक्राउ परेका आफ्ना नेता गणेश लामालाई तत्काल रिहाई नगरिए आन्दोलन गर्ने चेतावनी दिएको छ । पोखराको लेकसाइडबाट साँझ नेता लामा पक्राउ परेपछि जिल्ला सभापति मधु आचार्य प्रेह विज्ञाप्ति मार्फत यस्तो चेतावनी दिनुभएको हो ।

जिल्ला सभापति आचार्यले भन्नु भएको छ ‘नेपाली कांग्रेस काभ्रेका नेता तथा गत आमनिर्वाचनमा प्रदेश सभा क्षेत्र नं १ “ख” बाट उम्मेदवार रहनुभएका गणेश लामालाई अलोकतान्त्रिक ओली सरकार र विश्वासको मत गुमाएर विक्षिप्त बनेको गण्डकी प्रदेस सरकारको मिलोमतोमा आज साँझ पोखरामा शान्तिपूर्वक रहिरहेको अवस्थामा प्रतिशोधपूर्वक पक्राउ गरेको घटनाको घोर भत्सर्ना गर्दछौं ।

नेपाली कांग्रेस काभ्रे नेता गणेश लामाको अविलम्ब ससम्मान रिहाईको माग गर्दछ । अन्यथा नागरिकको नागरिक अधिकार कुल्चने तथा कानुनी शासनको धज्जी उडाउने यसप्रकारको सर्वसत्तावादी सरकारी हर्कत बिरुद्ध सशक्त कदम चाल्न हामी बाध्य हुने कुरा प्रष्ट गर्दछौं ।’

प्रतिक्रिया