सभामुख सापकोटा र दलका प्रमुखहरुबीच छलफल चल्दै

admin

काठमाडौं, २८ जेठ : सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दै छन् । सङ्घीय संसद भवन नयाँ बानेश्वरमा केहीबेर अघिदेखि बैठक सुरु भएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, सङ्घीय समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कमिटी अध्यक्ष उपेन्द्र यादवलगायत नेता सहभागी छन् ।

सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा पठाए पनि प्रधानमन्त्री ओली बैठकमा सहभागी भएका छैनन् । शुक्रबारको छलफलमा लागि सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित सबैलाई लिखित निमन्त्रणा पठाएको उनको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा दोस्रो पटक विघटनको घोषणा भएपछि सभामुख सापकोटाले पहिलोपटक प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री र सबै दलका प्रमुखहरुलाई छलफलका लागि बोलाएका हुन् ।

प्रतिक्रिया