पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनका लागि आह्वान

admin

काठमाडौं, २८ जेठ : गण्डकी प्रदेशका प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि २९ गते दिउँसो ३ बजेसम्म आफ्नो दाबी पेस गर्न समय दिएकी हुन् । (हिजो) बिहीबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकोमा पक्षमा २७ मत मात्रै प्राप्त गरेका थिए । ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक थियो ।

प्रतिक्रिया