आज पाँच हजार २ सय २५ जना कोरोनामुक्त, थप ६७ जनाको ज्यान गयो

admin

काठमाडौं, २८ जेठ : शुक्रबार देशभर पाँच हजार २ सय २५ जना कोरोनामुक्त भएका छन् । योसहित कोरोनामुक्त हुनेको संख्या अहिलेसम्म ५ लाख २० हजार ८ सय १६ पुगेको छ । नेपालमा अहिले संक्रमित निको हुनेदर ८६ दशमलव २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, बितेको २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नौं हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार सात सय ९ जना र ५ हजार ५ सय ८४ जनाको एन्टिजेनबाट परीक्षण गर्दा एक हजार ४१ जनामा संक्रमण पाइएको हो ।

योसहित अहिलेसम्म कोरोना संक्रमण हुनेको संख्या ६ लाख ४ हजार ३ सय ९६ पुगेको छ । यस्तै, बितेको २४ घण्टामा थप ६७ जनाको ज्यान गएको छ । कोरोनाका कारण अहिलेसम्म ८ हजार ३ सय ५ जनाको ज्यान गएको छ । नेपालमा अहिले ७५ हजार २ सय ७५ जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया