पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न ३१ सांसदले बुझाए प्रदेश प्रमुखलाई दाबी पत्र

admin

पोखरा २८ जेठ :  गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमतसहित विपक्षी सांसदहरूले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई दाबी पत्र बुझाएका छन्।

नयाँ सरकार गठनका लागि शुक्रबार प्रदेश प्रमुख पौडेलले निर्धारण गरेको २४ घन्टा नबित्दै विपक्षी सांसदहरु बहुमतसहित प्रदेश प्रमुखको कार्यालयमा दाबी पत्र पेश गरेका हुन् ।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन ३१ जना सांसद अहिले प्रदेश प्रमुखले हस्ताक्षरसहित प्रदेश प्रमुख पौडेललाई दाबी पत्र बुझाएका छन् ।

नयाँ सरकार गठनका लागि कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र राजिव गुरूङ (दीपक मनाङ्गे) सहित ३१ जना सांसद प्रदेश प्रमुखलाई दाबी पत्र पेश गरेका छन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुग्न ३१ जना चाहिन्छ। जसअन्र्तग कांग्रेसका १५, माओवादी ११, राजमो २, जसपा २ र स्वतन्त्र सांसद गरी ३१ सांसदले मुख्यमन्त्रीमा नेपालीलाई नियुक्त गर्न हस्ताक्षर पत्र बुझाएका छन् ।

बिहीबार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राख्दा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पक्षमा जम्मा २७ मत आएसँगै उनी पदमुक्त भएका थिए ।

प्रतिक्रिया