काठमाडौं, २८ जेठ : बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम वैद्यले नाथुराम गोड्सेस कोही बन्न तयार नभए आँफै गोड्से बन्न तयार रहेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई मार्ने धम्की दिएपछी नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ट्विट गर्दै प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुदै रहेछ भन्नुभएको छ ।
बागमती प्रदेशसभा नरोत्तम वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिदै प्रम ओली विरुद्ध आफू गोड्से बन्न तयार रहेको बताएका थिए । वैद्यले भने ‘खड्ग प्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्, उनले भने, ‘अब नाथुराम गोड्से बन्न तयार हुनुपर्यो, कोही बन्न तयार छैन भने म बन्छु।’
नाथुराम गोडसेले सन १९४८ जनवरी ३० मा महात्मा गान्धीको हत्या गरेका थिए। गोड्सेको सम्बन्ध राष्ट्रिय स्वयंसेवक संघसँग थियो । त्यसैले गान्धीको हत्यापश्चात सो संघमाथि भारतका तत्कालिन गृहमन्त्री सरदार बल्लभभाइ पटेलले प्रतिबन्ध लगाइदिएका थिए । नाथुराम एक आवारा खालको मान्छे थिए, जसलाई गान्धीको हत्याका लागि भाडामा लिएका थिए ।
बाँस्कोटा ट्विट
केपी ओली नमारे कँङ्ग्रेसले नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुदै रहेछ।नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ?ओली बिरोधी गठबन्धन नै यसमा सामेल त छैन? काँङग्रेसको आधिकारिक भनाई चाहिन्छ।एमालेहरु सचेत बन।

— Gokul Prasad Baskota (@GokulPBaskota) June 11, 2021