अब ओमानमा नेपाली श्रमिकको सहजताका लागि घुम्ती सेवा

admin

काठमाडौं, २९ जेठ : ओमानमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकको सहजताका लागि घुम्ती सेवा दिने भएको छ । आउँदो जुन १५ अर्थात् असार ११ गते ओमानको दोफार प्रशासनिक क्षेत्रमा बिहान ११ देखि बेलुकी पाँच बजेसम्म घुम्ती सेवा दिन लागिएको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कोरोना महामारीका कारण अप्ठ्यारो परिस्थिति सिर्जना हुँदा भिसा, राहदानी नवीकरण लगायतका सेवा लिन नपाएका श्रमिकलाई उनीहरुकै क्षेत्रमा गएर सेवा प्रवाह गरिन लागिएको हो । बारेसानामा लगायत अत्यावश्यक कन्सुलर सेवा पनि प्रदान गरिने दूतावासले जनाएको छ । यी सेवाहरु लिनको लागि आवश्यक कागजात तथा दस्तुर सम्बन्धी विवरणबारे दूतावासको वेबसाइट https://om.nepalembassy.gov.np/ मा गएर बुझ्न सकिने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार दोफार प्रशासनिक क्षेत्रको सलालामा घुम्ती सेवा प्रदान गरिने भए पनि उपयुक्त स्थान पछि तोकिने छ । घुम्ती सेवाका लागि ९२०७५०७१ वा दूतावासको हटलाइन नम्बर ७१५९२४९० मा फोन गरेर पनि बुझ्न सकिनेछ ।

प्रतिक्रिया