आज ३ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि हुँदा ६ हजार भन्दा धेरै कोरोनामुक्त

admin

काठमाडौं, २९ जेठ : शनिबार तीन हजार तीन सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ हजार पाँच सय ६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार तीन सय ८२ जना र पाँच हजार नौ सय ८८ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार दुई जना गरी तीन हजार तीन सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार सात सय ७८ जना र एन्टीजेन विधिबाट १९ हजार सात सय ५७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै बितेको २४ घण्टामा ६ हजार दुई सय ९५ जना निको भएका छन् ।

यो सँगै निको हुनेको संख्या पाँच लाख २७ हजार एक सय ११ पुगेको छ । थप ६१ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या आठ हजार तीन सय ६६ पुगेको छ । अहिले नेपालमा ७१ हजार तीन सय एक सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया