गण्डकीमा नवनियुक्त मुख्यमन्त्रीले आजै शपथ लिने तयारी

admin

काठमाडौं, २९ जेठ : गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीले आजै शपथ लिने तयारी गरेका छन्। प्रदेश प्रमुख सीता पौडेलले आज विपक्षी गठबन्धनका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

गठबन्धनका दलहरुले आन्तरिक तयारी गर्न नपाएकाले आज मुख्यमन्त्रीले मात्रै शपथ लिने नेपाली कांग्रेसका प्रदेश सांसद विष्णु लामिछानेले बताए।

‘तीन जना मन्त्रीलाई पनि शपथ गराउने भनिएको थियो। आन्दोलनतिर लाग्न परेर छलफल गरी टुंग्याउन पाएनौं। सुरुमा मुख्यमन्त्रीको मात्रै शपथ हुन्छ,’ सांसद लामिछानेले भने।

प्रतिक्रिया