अन्ततः काभ्रे कांग्रेसका नेता गणेश लामाले गण्डकी प्रदेशमा गरेको मेहेनतले सार्थकता पाएको छ । आज बहुमतको आधारमा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेले नियुक्त भएसँगै नेता लामाले खेलेको भुमिकाले सार्थकता पाएको हो ।
२६ गते तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विशासको मत लिने क्रममा मन्त्री दीपक मनाङ्गेलाई संसदमै उपस्थित नगराउन कांग्रेस नेता गणेश लामाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
मुख्यमन्त्री गुरुङलाई विश्वासका लागि निर्णायक मानिएका मनाङ्गेलाई सदनमै उपस्थिति नहुने वातावरण नेता लामाले नै गरेका थिए । मनाङ्गेले मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिएपछि बागमती सरकार अल्पमतमा परेको थियो । त्यसपछि प्रदेश प्रमुखले बहुमतको सरकार आह्वान गर्नुभएको थियो ।
मनाङ्गेलाई सदनमा जान नदिएको भन्दै कांग्रेस नेता लामालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले लामालाई एक रात चौकीमै राखेको थियो । पछि दुई हजार रूपियाँ जरिवाना बुझाएर रिहाई भएका थिए ।