खोपका लागि औषधि व्यवसायीको याचना

admin

काठमाडौँ, ३० जेठ : जस्तोसुकै महामारी, बन्दाबन्दी वा निषेधाज्ञामा औषधि पसल (फार्मेसी) निर्वाध रूपमा सञ्चालन भइरहेका हुन्छन् । गत वर्षदेखिकै कोरोना (कोभिड–१९)को बन्दाबन्दीमा पनि औषधि उत्पादक तथा औषधि पसल निरन्तर सञ्चालन गर्नेहरूले कोरोनाविरुद्धको खोप पाउन सकेका छैनन् ।

चिकित्सक, नर्स, पारामेडिक्स, सुरक्षाकर्मी, पत्रकार फ्रन्टलाइनमा काम गर्नुपर्ने भएर अधिकांशले खोप लगाइसकेका छन् तर औषधि बिक्रेता (फर्मासिस्ट) र औषधि उत्पादकहरूले कोरोनाविरुद्धको खोप नपाउँदा जोखिम बढेको उनीहरूको गुनासो छ ।

कोरोनाको दोस्रो लहरमा मात्र ८० जनाभन्दा बढी औषधि व्यवसायीले कोरोना सङ्क्रमणका कारण मृत्युवरण गर्नुपरेको औषधि व्यवसायीको भनाइ छ । औषधि व्यवसायीले आफूहरूलाई पनि खोपको मात्रा लगाइदिन आग्रह गरेका छन् । अन्यथा ज्यान जोखिममा पारेर औषधि पसल सञ्चालन गर्न नसक्ने चेतावनीसमेत उनीहरूको छ

औषधि व्यवसायी सङ्घका अध्यक्ष मृगेन्द्रमेहेर श्रेष्ठले ८० जनाभन्दा बढी औषधि व्यवसायीको कोरोनाका कारण मृत्यु भइसकेको भन्दै ठूलो जोखिम मोलेर व्यवसाय सञ्चालन गर्न असहज भएको जानकारी दिनुभयो । याे खबर गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया