उपत्यकाका तीनै सीडीओको बैठक बस्दै, के होला निषेधाज्ञा ?

admin

काठमाडौँ, ३० जेठ : आज काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । दिउँसो दुई बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय गर्नेछ । उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप्ने तयारी भएको बुझिएको छ ।

यसपालि विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने तयारी छ । यस्तै, निश्चित समय तोकि कृषि र विकास निर्माणका क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाइ खुकुलो बनाइनेछ ।

ढुवानी र जनशक्तिको व्यवस्थापन कुन समयमा कसरी मिलाउने भन्नेबारे आज निर्णय पनि गरिने बताइएको छ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण केही घटे पनि जोखिम कायमै रहेको भन्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको हो । उपत्यकामा पछिल्लो समय थपिएको निषेधाज्ञा भोलिदेखि सकिँदैछ ।

प्रतिक्रिया