काठमाडौं, ३० जेठ : सुनको मूल्य आइतबार तोलामा ६ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आइतबार तेजाबी सुन समेत ६०० रुपैयाँले नै घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य भने यथावत छ । (अस्ति) शुक्रबार जस्तै आइतबार पनि चाँदीको मूल्य तोलामा १३ सय ७० रुपैयाँ रहेको छ ।