नेता बस्नेतद्वारा चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको भण्डाफोर

admin

काठमाडौं, ३१ जेठ : एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको भण्डाफोर गरेका छन् । माओवादी नेताको फेरो समाएर गिरीले विदेशी एजेण्ट खुसी पार्न प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको भन्दै गिरीको भण्डाफोर गरेका हुन् । बस्नेतले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष गिरी माओवादी केन्द्रका उग्र कार्यकर्ता रहेको पनि बताएका छन् ।

नेता बस्नेतले सामाजिक सञ्जालमामार्फत् उपाध्यक्ष डा. गिरी माओवादी केन्द्रका उग्र-कार्यकर्ता हुन भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग भएको टिप्पणी गरेका छन् । शिक्षामन्त्री गिरीराज मणी पोख्रेल छदाँ नियुक्ति लिएका यिनका बिगतका अनेक हर्कत र भ्रष्टाचार काण्डमा तिनै पूर्वमन्त्री र माओवादीका ठुला नेताहरुको संलग्नता खुल्लम-खुल्ला देखिएको उनले आरोप समेत लगाएका छन् ।

उनले नेपालको चिकित्सा क्षेत्रमा ठुलो राजनीति घुसेको भन्दै नेपालका डक्टरहरु र मेडिकल व्यवसायीहरुलाई बस्न टिक्न नदिने, व्यवसाय गर्न नदिने र एमबिबिएस पढ्न चाहने विद्यार्थीहरुलाई अफ्नै देशमा पढ्ने वातावरण बन्न नदिने षड्यन्त्र समेत भएको बताएका छन् । बार्षिक १५ अर्ब भन्दा बढी रकम विदेश पठाउने र कमिशन खाएर ढाडिएका बिरालाहरु नेपाली व्यवसायीले संचालन गरेको मेडिकल कलेजहरुलाई सम्बन्धन दिनु हुदैन भनेर स्याल हुइयाँ गर्दै गरेको बताएका हुन् ।

आज एकाएक कथित गिरीलाई प्रधानमन्त्रीले धम्काउनु भयो भनेर केही डलरे नागरिक समाज जो पाएसम्म प्रधानमन्त्रीको दिशासम्म बाँकी नराख्नेहरुले खोक्न थालेछन् र रोइलो गर्दैछन भनेर व्यंग समेत गरेका छन् । उनले कृपया याद रहोस त्यो भ्रष्टलाई सम्झाउन विधी र कानुन प्रयाप्त छ भन्दै फेरि पनि सम्झाउनै परेपनि तीनले दुःख दिएका पूर्व वाइसीएलको एउटा सामान्य कार्यकर्ता नै काफी भएको जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाएर दुर्गा प्रसाईं सञ्चालक रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन या राजीनामा गर्न धम्की दिएको भन्दै ‘बृहत नागरिक आन्दोलन’ र सोलिडारिटी फर डा. केसी आलाइन्सले डा. गिरीको सुरक्षाको लागि अपिल गरेका छन् ।

यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले समेत उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर वा राजीनामा गर्न धम्कीसहित चरम दबाब दिएको भन्दै अपीलमा डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको उल्लेख गरिएपछि बस्नेतको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

नेता बस्नेतले खोलेको तथ्य
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. श्रीकृष्ण गिरी माओवादी केन्द्रका उग्र कार्यकर्ता हुन भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । शिक्षामन्त्री गिरीराजमणि पोखरेल छदाँ नियुक्ति लिएका यिनका विगतका अनेक हर्कत र भ्रष्टाचार काण्डमा तिनै पूर्वमन्त्री र माओवादीका ठुला नेताहरुको संलगनता खुल्लम खुल्ला देखिएकै छ । नेपालको चिकित्सा क्षेत्रमा ठुलो राजनीति घुसेको छ ।

नेपालका डक्टरहरु र मेडिकल व्यवसायीहरुलाई बस्न टिक्न नदिने, व्यवसाय गर्न नदिने । एमबीबीएस पढन चाहने विद्यार्थीहरुलाई अफ्नै देशमा पढने वातावरण बन्न नदिने । बार्षिक १५ अर्ब भन्दा बढी रकम विदेश पठाउने र कमिशन खाएर ढाडिएका बिरालाहरु नेपाली व्यवसायीले संचालन गरेको मेडिकल कलेजहरुलाई सम्बन्ध दिनुहुँदैन भनेर स्याल हुइयाँ गर्दैछन् ।

आज एकाएक कथित गिरीलाई प्रधानमन्त्री ज्युले धम्काउनु भयो भनेर केही डलरे नागरिक समाज जो पाएसम्म प्रधानमन्त्रीको आचीसम्म बाँकि राख्दैनन, उनीहरुलेनै खोक्न थालेछन र रोइलो गर्दैछन । कृपया याद रहोस, त्यो भ्रष्टलाई सम्झाउन विधी र कानून प्रयाप्त छ । फेरि पनि सम्झाउन परे पनि तीनले दूःख दिएका पूर्व वाइसिएलको एउटा सामान्य कार्यकर्ता नै काफी छ ।

प्रतिक्रिया