काठमाडौं, ३१ जेठ : नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सामान्य समस्याको कारण अस्पताल भर्ना गरिएको छ । अहिले उनको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन हस्पिटल मै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुलाई उदृत गर्दै सचिवालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
चार दिनदेखि लगातार ज्वरो आएपछि नेता खनाललाई सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जानकारी दिएका छन् । ‘चार पाँच दिनदेखि ज्वरो आएर उहाँ अहिले अस्पतालको इमर्जेन्सीमा भर्ना हुनु भएको छ, जाँच चलिरहेको छ। उहाँलाई रगतको कमी देखिएको प्रारम्भिक जाँचमा देखिएको छ’ बास्तोलाले भने ।