आज पाँच हजारभन्दा धेरै कोरोनामुक्त, कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार चार सय ६५ पुग्यो

admin

काठमाडौं, ३१ जेठ : सोमबार नेपालमा पाँच हजार एक ४७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । सोमबार निको भएकासँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या पाँच लाख ३६ हजार दुई सय ५२ पुगेको छ । अहिले नेपालमा कोरोना संक्रमण निको हुने दर ८७ दशमलव ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा दुई हजार नौ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नौ हजार चार सय ३८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ४९ र पाँच हजार तीन सय ८१ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ लाख १० हजार पाँच सय २१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा कोरोना संक्रमणबाट प्राप्त विवरणसहित ५३ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार चार सय ६५ पुगेको छ ।

प्रतिक्रिया