पूर्वप्रधानमन्त्री खनालको अक्सिजन ‘सपोर्ट’ मा उपचार हुँदै

राष्ट्रिय समाचार समिति

काठमाडौं, ३१ जेठ : थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सपोर्ट (सहयोग) मा उपचार भइरहेको छ । गएको नौ दिनदेखिको ज्वरो कम नभएपछि उनलाई सोमबार बिहान थापाथलीमा रहेको नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

file photo

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने र श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि खनाललाई अस्पताल भर्ना गरिएको हो । नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया