काठमाडौँ, ३१ जेठ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगेका छन्।
देउवाको साथमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि कोटेश्वर पुगेका छन्। उनीहरूबीच भेटवार्ता जारी छ।
देउवा निकै लामाे समयपछि नेपालनिवास पुगेका हुन्। यसअघि नेता नेपाल छलफलका लागि देउवानिवास जाने गरेका थिए।