बहराइनले नेपालसहित अन्य ‘रेड लिस्ट’मा रहेका देशबाट श्रमिक नलिने

admin

काठमाडौं, ३१ जेठ : बहराइनले तत्काललाई नेपालसहित अन्य ‘रेड लिस्ट’मा रहेका देशबाट श्रमिक नलिने भएको छ । कोरोना संक्रमण रोकथामका लागि भन्दै बहराइनले नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश र भियतनामका नागरिकलाई तत्काललाई नयाँ ‘वर्क परमिट’ नदिने जनाएको हो ।

नेपालमा कोरोना भाइरसको संक्रमण बढेपछि बहराइनले २४ मेदेखि ‘रेड लिस्ट’मा राखेको हो । यस्तै भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशलाई पनि नेपालसँगै बहराइनले ‘रेड लिस्ट’मा राखेको थियो । तर यो नियम केही समयमा लागि मात्रै हो । कोरोना संक्रमण घटेसँगै बहराइनले फेरि अर्को सूचना जारी गर्ने जनाएको छ ।

प्रतिक्रिया