सूर्य थापा र नारायणकाजी श्रेष्ठबीच किन बाजाबाज ?

admin

काठमाडौं, १ असार : पछिल्लो समय राजनीतिक अस्थिरता कारण नेता-नेताबीच आरोप-पत्यारोप बढेको छ । यस्तै नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक आयोगहरू सरकारको कठपुतली बनेको जिकिर गरेका छन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)का दुवै अध्यक्षमध्ये एकले अर्कालाई कारबाही गरेर निर्वाचन आयोगसमक्ष निवेदन दर्ता गरे पनि आयोगले सरकारको दवावमा परेर जसपाका दुवैपक्षका नेतालाई कारबाही गरेको सूचना नदिएपछि प्रवक्ता श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन् ।

जेठ १८ मा जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई कारबाही गर्दै पार्टीबाट निष्काशित गरेलगत्तै ठाकुरले पनि यादवलाई कारबाही गर्दै पार्टीबाट निष्काशित गर्दै आयोगमा निवेदन दर्ता गराएका थिए । तर, आयोगले दुवै पक्षका नेताले दाबी गरेको कारबाहीको प्रमाण बलियो नभएको घोषणा गरेपछि जसपा औपचारिक रूपमा एकढिक्का रहँदै आएको छ ।

प्रवक्ता श्रेष्ठले नेकपा फुटेपछि आफूहरूलाई सूर्य चिह्न दिने बेलामा आयोगले यस्तै हठ गरेको आरोप लगाएका छन् । सरकारको विपक्षमा रहेको माओवादी केन्द्रका नेता पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोजीरहेका छन्, यसैले प्रवक्ता श्रेष्ठले यादवपक्षले चाहेजस्तै ठाकुर पक्षको कारबाहीको अपेक्षा राख्दै ट्वीटरमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

यता प्रवक्ता श्रेष्ठको यस्तो धारणा बाहिरिने बित्तिकै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले श्रेष्ठले त्यसको प्रतिवाद गरेका छन् । सत्तारुढ एमालेका केन्द्रीय सदस्यसमेत रहेका थापाले संवैधानिक आयोग सरकारको कठपुतली बनेको हो भने स्वतन्त्र रुपमा काम गर्न के गर्नुपर्छ भन्दै श्रेष्ठसँग सुझाव मागेका छन् ।

प्रतिक्रिया