नेता रिजालद्वारा एमाले जुटाउने यस्तो सुत्र

admin

काठमाडौं, १ असार : नेकपा एमालेका नेता रामप्रसाद रिजालले प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएर एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनु पर्ने बताएका छन् । ओली पक्षले नेपाल लगाएत उनको पक्षलाई गरेको कारवाही विना शर्त फिर्ता गर्नुपर्ने उनले बताए ।

नेता रिजालले माओवादी केन्द्रले पनि समर्थन गर्ने यसो गर्दा एमाले पनि एकीकृत हुने र जनमतको पनि कदर हुने उनको भनाई छ । उनले सर्वोच्च अदालतको फैसला अनुरुप एमाले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा पार्टीका सम्पूर्ण संरचनाहरु व्युझाउनु पर्ने कुरामा जोड दिए । नेता रिजालले फागुन २८ को ओलीको गुट भेलाले गरेको निर्णयहरु खारेज गर्नुपर्ने बताए । यो नै एमाले जुटाउने सुत्र भएको उनले बताए ।

उनले भने, ‘कांग्रेस र जसपालाई सरकार बनाउने चाबी नसुम्पियौं एमालेकै नेतृत्वमा बाम सरकारलाई निरन्तरता दिनुपर्छ । पार्टी कमिटी लाई विधिः पद्धतिमा चलाऔं जनताले वाम गठवन्धनलाई जनमत दिएकोले यही गठबंधनको नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्छ ।’ त्यसको लागि एमाले पार्टीको पदाधिकारी स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाएर आवाश्यक निर्णय गरेर जानुपर्नेमा नेता रिजालको जोड छ ।

प्रतिक्रिया