‘यी ५१ कम्पनीको शेयर लगानी जोखिममा’

admin

काठमाडौं, १ असार : धितोपत्र बोर्डमा सूचीकृत विभिन्न ५१ वटा कम्पनी तुलनात्मक रूपमा जोखिम रहेको देखिएको छ । धितोपत्र बोर्डले मंगलबार विज्ञप्ति निकालेर विभिन्न ५१ कम्पनी तुलनात्मक रूपमा जोखिम रहेको जानकारी गराएको हो । बोर्डका अनुसार ५१ कम्पनीको सूचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, चन्द्रागिरि हिल्स, विशाल बजारलगायत कम्पनी रहेका छन् ।

शेयर बजार उच्च अङ्कमा पुगेका बेला जोखिम आँकलन गरेर मात्रै लगानी गर्न बोर्डले लगानीकर्तालाई आग्रह गरेको छ । बजार सधैँ बढिरहने मात्र नभइ समय क्रममा घटबढ भइ रहने भएकोले यस बजारमा हल्ला वा लहैलहैमा लागेर लगानी गर्नु जोखिमयुक्त हुने बोर्डका प्रवक्ता निरज गिरीले बताएका छन् ।

एक वर्षको अवधिमा कम्पनीहरूको मूल्य वृद्धि तीन सय प्रतिशत र त्यसभन्दा बढीले वृद्धि भएका, मूल्य आम्दानी अनुपात एक सय र त्यसभन्दा धेरै भएका, प्रतिशेयर आम्दानी ऋणात्मक भएका, प्रतिशेयर अङ्कित मूल्य प्रतिशेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्याङ्कनसमेतका आधारमा ५१ कम्पनीमा शेयर लगानी जोखिमयुक्त रहेको बोर्डले जनाएको छ ।

 

प्रतिक्रिया