नेपालबाट अमेरिकामा कुकुर लैजान प्रतिबन्ध

admin

काठमाडौं, १ असार : रेबिज संक्रमण फैलन सक्ने भन्दै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले नेपालबाट अमेरिकामा कुकुर लैजान प्रतिबन्ध लगाएको छ ।

नेपालसहित एक सय मुलुकबाट अमेरिकामा कुकुर लैजान रोक लगाइएको छ । ती देशमा कुकुरमाझ अझै रेबिज संक्रमण रहेको जनाउँदै सीडीसीले आयातमा रोक लगाएको हो ।

जुलाई १४ देखि यस्तो रोक लगाइएको सीडीसीद्वारा जारी एड्भाइजरीमा उल्लेख छ । अमेरिकाले नेपाललाई रेबिज संक्रमणको उच्च जोखिमयुक्त मुलुकको रुपमा राखेको छ ।

हालै अमेरिकामा तीनवटा रेबिज संक्रमित कुकुरहरु भित्रिएको घटना लगत्तै अमेरिकाले यस्तो निर्णय गरेको हो । नयाँ मात्र हैन, अमेरिकाबाट ती मुलुकमा लगिएका कुकुरहरुलाई पनि फिर्ता ल्याउन रोक लगाइएको सीडीसीले जनाएको छ । अमेरिकामा कुकुरहरुको स्वास्थ्य तथा सुरक्षाको सुनिश्चितताको लागि यस्तो निर्णय गरिएको सीडीसीले जनाएको छ ।

प्रतिक्रिया