नेविसंघद्वारा प्रधानमन्त्री ओली र राजेन्द्र महतोको पुत्ला दहन

admin

काठमाडौंको जडिबुटि मनोहरामा नेविसंघले प्रधानमन्त्री केपी ओली र उपप्रधान तथा शहरीबिकासमन्त्री राजेन्द्र महत्तोका पुत्ला दहन गर्दै मशाल जुलुस निकालेका छ ।

प्रतिनिधिसभा विघटन, मूल्यवृद्धि, चूरे दोहन, उपप्रधानमन्त्री राजेन्द्र महतोको राष्ट्रविरोधी अभिव्यक्तिलगायतको विरोधमा नेविसंघले पुत्ला दहन गर्दै मसाल जुलुस निकालेका हुन् ।

मसाल जुलुसका क्रममा उनीहरुले सरकारबिरोधी नारा लगाएका थिए । केहिबेर मसाल जुलुस निकालेपछि प्रहरीले हस्तक्षेप गर्दै ११ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो ।

यस्तै मंगलबार नै नेविंसंघले काठमाडौंको नयाँ बानेश्वरमा पनि बिद्यार्थीहरु सरकारबिरुद्ध रचनात्मक विरोध प्रदर्शन गरेका थिए । निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेको भन्दै बानेश्वरबाट पनि प्रहरीले प्रर्दशनकारीलाई नियन्त्रणमा लिएको थियो । पछिल्लो समय बिद्यार्थीहरुले निरन्तर रुपमा सरकारबिरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया