सिन्धुपाल्चोकको बलेफी खोलामा भिषण बाढी, खतराको तह पार

admin

 सिन्धुपाल्चोक, १ असार : सिन्धुपाल्चोकको जलबिरेस्थित बलेफी खोलामा भिषण बाढी आएको छ । जलबिरेस्थित बलेफी खोला जलमापन केन्द्रमा अक्स्मात जलसतह बढी खतरा तह पार गरेकाले जल तथा मौसम विज्ञान विभागले केहि बेर अघि आपत्कालीन सूचना जारी गर्दै जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग तटिय क्षेत्रहरूमा अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाऔं आग्रह गरेको छ ।

सिन्धुपाल्चोक हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिका क्षेत्रमा अत्याधिक बर्षा हुँदा इन्द्रावती नदीमा पनि बाढी आएको छ ।

प्रतिक्रिया