आज दुई हजार आठ सय २८ जनामा संक्रमण पुष्टि, थप ५२ जनाको ज्यान गयो

admin

काठमाडौं, २ असार : बुधबार देशभर दुई हजार आठ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आठ हजार ६ सय ८७ जनाको आरटी-पीसीआर गर्दा दुई हजार १४ र चार हजार तीन सय ३५ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा आरटी-पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख १४ हजार दुई सय १६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३ हजार दुई सय १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा तीन हजार ८२ जनासहित अहिलेसम्म पाँच लाख ४३ हजार पाँच सय २१ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

यस्तै बितेको २४ घण्टा र यसअघिको प्राप्त भएको विवरणसहित थप ५२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार पाँच सय ५८ पुगेको छ ।

प्रतिक्रिया