आज दुई हजार १ सय ४१ जना कोरोनामुक्त, थप ३९ जनाको ज्यान गयो

admin

काठमाडौं, ३ असार : बिहीबार नेपालमा दुई हजार ६ सय सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सात हजार सात सय ११ जनाको आरटी-पीसीआर परीक्षण गर्दा एक हजार सात सय ६८ जनामा चार हजार सात सय ७३ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा आरटी-पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख १४ हजार नौ सय ८४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै यस अवधिमा दुई हजार एक सय ४१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । अब नेपालमा संक्रमणमुक्त हुनेको संख्या पाँच लाख ४५ हजार ६ सय ६२ पुगेको छ ।

अहिले निको हुने दर ८८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टा र यसअघिको प्राप्त भएको विवरणसहित थप ३९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार पाँच सय ९७ पुगेको छ ।

प्रतिक्रिया