गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

admin

कास्की, ४ असार : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङे सहित ३१ जनाको मत प्राप्त गरे ।

यसअघि तिनै ३१ जनाको समर्थनमा उनी गएको जेठ २९ गते गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका थिए । बहुमतका आधारमा मुख्यमन्त्री चुनिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिएका हुन् ।

प्रतिक्रिया