सर्पले डस्दा बालिकाकाे ज्यान गयाे

admin

दाङ :  सर्पले डस्दा दाङमा एक बालिकाको ज्यान गएको छ । सर्पले डस्दा देउखुरीको गढवा गाउँपालिका–७ विजयपुरकी १२ वर्षीया रेश्मा बोहोराको ज्यान गएकाे हाे । 

सर्पले डस्दा अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि लमही अस्पताल ल्याइए पनि त्यसकाे केही क्षणमै चिकित्सकले मृत घोषणा गरेका थिए ।शुक्रवार बिहान गोठमा पराल लिन गएको समयमा बाेहाेरालाई गोमन सर्पले डसेको थियो । 

प्रतिक्रिया