ओली सरकारमा गएका जसपाका नौं मन्त्री पार्टीबाट निष्कासित, को को हुन् ?

admin

काठमाडौं, ४ असार : जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र डा. बाबुराम पक्षले पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौं जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षको (हिजो) बिहीबार बसेको कार्यकारिणी समिति बैठकले महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव, चन्द्रकान्त चौधरी र रेणुका गुरूङ निष्कासन गर्ने निर्णय गरेको हो ।

file photo

यो पक्षले उनीहरुलाई यसअघि नै स्पष्टीकरण सोधिसकेको छ । उपेन्द्र डा. बाबुराम पक्ष पहिलो अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई यस अघि नै निष्कासन गरेका छन् । महन्थ राजेन्द्र पक्षले पनि उपेन्द्र यदाव निष्कासन गरेको छ । ओली सरकारमा उपप्रधानमन्त्री राजेन्द्र महतो नेतृत्वमा नौं मन्त्री र दुई राज्यमन्त्री बनेका छन् ।

दुवै पक्षको निष्कासन सम्बन्धी कारवाहीलाई निर्वाचन आयोग वैधता दिएको छैन् । आयोगले एक पक्षले अर्को पक्षलाई गरेको कारवाहीलाई मान्यता नदिने फैसला सुनाइसकेको छ । उपेन्द्र डा. बाबुराम पक्षले पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा पुनः निवेदन दिने भएको छ । बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । चुरे दोहन गर्न नहुने बैठकले निष्कर्ष निकालेको छ ।

बैठकले बाढी पहिरोको उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । बाढ़ी पहिरो पीड़ितलाई उद्धार र राहतका लागि सरकारसँग आग्रह गरेको छ । पहिलो अध्यक्ष महन्थ ठाकुरले दोस्रो वरियताका उपेन्द्र बाबुराम पक्षको बिहीबारका लागि बोलाएको बैठक अवैधानिक र अनाधिकृत भन्दै पार्टीको बैठक नबोलाइएको बताएका छन् । विज्ञप्ति जारी गर्दै उपेन्द यादवले बोलाएको भनिएको बैठकबाट हुने सबै निर्णय अमान्य हुने भनेका छन् ।

प्रतिक्रिया