एसपी चढेको जिप दुर्घटना, ६ प्रहरी घाइते

admin

चितवन, ४ असार : जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारी चढेको गाडी नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाटमा दु र्घटनामा परेको छ। बाढीले मुग्लिन पुलमा पुर्‍याएको क्षतिको निरीक्षण गरेर फर्किएको एसपी अधिकारी सवार बा२ज ३४७२ नम्बरको जिप दु र्घटना परेको हो।

प्र हरीको जीपलाई मुग्लिनतर्फ जाँदै गरेको ना६ख ६०११ नम्बरको मालवाहक ट्रकले ठ क्कर दिँदा एसपीसहित ६ जना प्रह री घा इते भएका हुन्। घा इते एसपी अधिकारीको टाउको, मुख र हातमा चो ट लागेको चितवन प्र हरी प्रवक्ता सूर्य थापाले जानकारी दिए।

अन्य ५ जना प्र हरीहरुको टाउको र हातमा चो ट लागेको छ। घा इते सबै प्र हरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको थापाले बताए। ट्रकको ठक्करबाट प्र हरीको जीपको अगाडी भागमा पूर्ण रुपमा क्षति पुगेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्र हरीले नियन्त्रणमा लिएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र एसपी अधिकारीसहितको टोली पुलको निरीक्षण गरेर फर्किदै गर्दा आज साँझ करिब साढे ५ बजेको समयमा दु र्घटना भएको हो।

प्रतिक्रिया