सिन्धुपाल्चोकमा बाढी : वडा कार्यालय, प्रहरी चौकी र विद्यालय भवन बगायो

admin

सिन्धुपाल्चोक, ५ असार :  हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय र ईलाका प्रहरी कार्यालयको भवन बाढीले बगाएको छ।

असार १ गतेदेखि निरन्तर आइरहेको बाढीले जोखिममा रहेका ती कार्यालयहरू शुक्रबार राति आएको बाढीले बगाएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए।

बाढीले थप मानवीय क्षति भने भएको छैन। त्यस्तै, वडा नम्बर ४ ग्याल्थुममा रहेको ईस्ट प्वाइन्ट एकेडेमीको भवन समेत बाढीले बगाएको छ।

बाढीले सयौं रोपनी खेतीयोग्य जमिन समेत कटान गरेको छ। मेलम्ची नगरपालिका–६ तालामाराङमा रहेको तेर्से माध्यमिक विद्यालयको भवनमा समेत क्षति पुर्‍याएको छ।

प्रतिक्रिया