स्वास्थ्यकर्मीहरु हिरो हुन् : डब्लूएचओ महानिर्देशक

admin

काठमाडौं, ५ असार : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयसले स्वास्थ्यकर्मीहरु नायक हुन् भन्दै प्रशंसा गरेका छन् । गएको १ गते मुस्ताङको छापताङ् खोलामा बाढी आएर तर्न नसकिने भएपछि स्वास्थ्यकर्मीले पाइपको सहारले खोप राख्ने भाँडोलाई पारी तारेको भिडियो हेरेपछि उनले प्रशंसा गरेका हुन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले लेखेका छन्, ‘स्वास्थ्यकर्मीहरु जीवन रक्षाका लागि कति टाढासम्म जाँदैछन्, यो हाम्रो शक्ति र कर्तव्य हो ।’ उनले यस्ता हिरोहरु अहिले पनि धेरै ठाउँमा कोरोना खोपबाट वञ्चित भएका भन्दै यो न्याय नभएको बताएका छन् ।

यस्तै, उनले समान रुपमा खोप वितरण गर्ने प्रयास गरिरहेको पनि बताएका छन् । डब्लूएचओले नेपालको मुस्ताङमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासको प्रशंसा गरेको छ ।

 

प्रतिक्रिया