कोरोनामुक्त हुने दर बढ्दै, थप ३४ जनाको ज्यान गयो

admin

काठमाडौं, ५ असार : नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरु निको हुने क्रम लगातार बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार निको हुने दर ८९ दशमलव ३ प्रतिशत रहेको छ । बितेको २४ घण्टामा ३ हजार ६ सय ६० जनाले कोरोनालाई जितेका छन् ।

यस्तै यो अवधिमा २ हजार ४ सय १ जनालाई संक्रमण भएको पुष्टि भएको छ । सात हजार १० जनाको पीसीआरबाट परीक्षण गर्दा एक हजार ६ सय ८८ जनामा संक्रमण पाइएको छ भने ४ हजार ६ सय ८६ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा सात सय १३ जनामा संक्रमण पाइएको छ । यस्तै बितेको २४ घण्टामा कोरोनाका कारण थप ३४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया