यसकारण मेलम्चीमा बाढी आयो

admin

काठमाडौं, ५ असार : सिन्धुपाल्चोकको मेलम्चीमा बाढी आउनुको कारण सार्वजनिक गरिएको छ । हेलम्बु गाउँपालिकाले गएको १ गते बाढी आउनुको कारण बारे आज सूचना निकालेर जानकारी गराएको हो ।

वडा नम्बर १ मा रहेको सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण बाढी आएको गाउँपालिकाले जनाएको छ । विज्ञ डा.रविनराज निरौलालाई उद्धृत गर्दै गाउँपालिकाले चौरको २५ प्रतिशत भागमा पहिरो गएकाले आकस्मिक बाढी आएको निष्कर्ष निकालेको हो ।

चौरको ७५ प्रतिशत मध्ये कति भागमा पहिरो जानसक्ने यकिन नभएको भन्दै थप बाढी आउनसक्ने भएकाले उच्च सावधानी अपनाउनसमेत सूचनामार्फत आग्रह गरिएको छ ।

यसकारण मेलम्चीमा बाढी आयो

 

 

प्रतिक्रिया