पूर्वराज्यमन्त्री बिष्टको निधन

admin

काठमाडौं, ६ असार : पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता तप्तबहादुर बिष्टको निधन भएको छ। सुर्खेतमा कोरोना संक्रमित भएका उनलाई थप उपचारका लागि जेठ २६ मा हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। उपचारकै क्रममा उनको आइतबार बिहान निधन भएको हो।

उनी २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सुर्खेत ३ बाट निर्वाचित भएका थिए। २०७४ जेठमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी सूचना तथा सञ्चार राज्यमन्त्री भएका थिए।

बिष्टको निधनमा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। ‘पूर्वराज्यमन्त्री एवं सुर्खेत कांग्रेसका पूर्वसभापति तप्तबहादुर बिष्टको निधनको खबरले निकै दुखी भएको छु।

तप्तजी एक निष्ठावान नेता हुनुहुन्थ्यो। उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ। उहाँको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु’, देउवाले ट्विटरमा लेखेका छन्।

प्रतिक्रिया