म बेरोजगार-सामाजिक अभियान्ता होइन, हामीले आवाज नै उठाउन नपाउने : हेमराज थापा (भिडियोसहित)

admin

काठमाडौं, ६ असार : पछिल्लो समय सामाजिक अभियान्ताहरुको आलोचना बढेको छ । यस्तै बेला बेखतका केही आलोचनामा मुछिने एक युवा विद्यार्थी हेमराज थापा पनि पर्दछन् । उनलाई कतिपयले सामाजिक अभियन्ता भनेर चिन्ने गर्दछन् । यसैबीच उनलाई सामाजिक अभियन्ताको नाउँमा बेरोजगार भनेर समाचार आए पछि थापाले सेही विषयलाई लिएर जवाफ दिएका छन् । पिएनपी मिडियामार्फत उनले केही कुराहरु खुलाएका छन् ।

उनले केही विषयमा बोल्न लेख्न आवाज नै उठाउन नपाउने भन्दै आक्रोश पोखेका छन् । ‘पार्टीको झोला बोकेर पत्रकारिता गर्नेहरुलाई मेरो चुनौती हो आउनुस् मसँग बहस गर्नुस् । उनी भन्छन् म पढ्दै छु तपाईंहरुले मलाई बेरोजगार भन्ने के म पढाइ छोडेर जागीर खोज्न जाउ यति फरक होकि अरुले पढाईको साइडमा अरु काम गर्छन् मैले मेरो समय देशका लागि गलत गर्नेहरुको विरुद्धमा खर्च गरे पीडितहरुलाई सहयोग गरे के यो मेरो कमजोरी हो ? मेरो घर बाजुरा जिल्ला अब के मैले बोल्नै नहुने आवाजै उठाउन नहुने कुरै राख्न नहुने के पत्रकारले हेमराज थापा बेरोजगार भनेर लेख्न मिल्छ त्यसो भए नेपालका सम्पूर्ण विद्यार्थीहरुलाई बेरोजगार भन्नुहोस् । मेरो बारेमा अध्ययन नगरेर लेख्ने पत्रकार, पत्रकार होईन पार्टीको झोले हो ।’

सेही क्रममा उनले भनेका छन्, विद्यार्थीहरुलाई बेरोजगार देख्ने तपाईं कस्तो पत्रकार हो ? भन्दै प्रश्न गरेका छन्  । ‘संसारको सब भन्दा ठूलो बेरोजगार भनेको विद्यार्थी हो जसको सर्टिफिकेट बाहेक केही हुदैँन । विद्यार्थीलाई बेरोजगार भन्ने पत्रकारलाई म अध्ययन गर्न अनुरोध गर्छु । अहिले म २८/२९ बर्षको भए जागीर गरेको छैन मेरो घरकाले भन्नू ठिकै हो । तर पत्रकारले तेस्तो भन्न मिल्छ ? हेमराज थापाले भने तपाईहरु हाम्रो राम्रा नराम्रा कामहरु लेख्नुस् यो बेरोजगार छ त्यो बेरोजगार छ भनेर होइन । थापा बताउँछन्, कि अहिले पनि बाबा कामको सिलसिलामा भारतमा श्रमिक गर्दै हुनुहुन्छ ।’

यस्तै उनले आफू सामाजिक अभिन्याता नभएको खुलाउँदै समाजसेवा गरिरहेका सबैको अख्तियारले नै सम्पति छानबिन गर्न समेत आग्रह गरेका छन् । उनले भने ‘म समाजसेवी हैन, तर मैबाट सुरु गरे हुन्छ’ । सामाजिक अभियान्ता शब्द माथि जबरजस्त तरिकाले छेडियको बहस निष्कर्षमा पुर्‍याउनु पर्ने उनको दाबी छ ।

यसैगरी कोरोना माहामारीले त्रास भएका नेपाली जनतालाई पछिल्लो समय केही ठाउँमा बाढीले डुबान परेका बस्तीलाई देशले नगरे पनि सबै नागरिक मिलेर आफूले सक्दो सहयोग गरी उद्धार गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया